Techie IT
१५ माघ २०७८, शनिबार

आईएमई जनरलको नाफा २१ करोड दुई लाख


काठमाडौं, भदौ १५
आईएमई जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा २१ करोड दुुई लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १४ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब आठ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको कम्पनीले गत आवको चौथौ त्रैमासिक अवधिमा प्रति सेयर आम्दानी १९ रुपैयाँ ४४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ५२ रुपैयाँ ३० पैसा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्