Techie IT
बिहीबार, असोज १५,२०७७

लक्ष्मी इक्वीटी फण्डले ४ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने


काठमाडौं, भदौ १५
लक्ष्मी इक्वीटी फण्डले चार दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लक्ष्मी बैंकद्वारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युुचअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले गत आर्थिक वर्षमा आर्जन गरेको खुद मुनाफामध्येबाट योजनाका एकाइधनीहरूलाई करसहित उक्त अनुपातमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । योजनाका अनुसार कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितीको ३०औं बैठकले लाभांश वितरणसम्वन्धी उक्त निर्णय गरेको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्