Techie IT
बिहीबार, असोज ८,२०७७

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयर सूचीकृत


काठमाडौं, भदौ १५
शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीको ३० प्रतिशत अर्थात् ३१ लाख ७१ हजार नौ सय ३२ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीको पछिल्लो पटक प्रतिकित्ता १२ सय ५० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ । बजार पुँजीकरण १७ अर्ब १८ करोड १२ लाख ९७ हजार पाँच सय रुपैयाँ पुगेको कम्पनीको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ३७ करोड ४५ लाख तीन हजार आठ सय रुपैयाँबराबरको एक करोड ३७ लाख ४५ हजार ३८ कित्ता सेयर सूचीकृत रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्