Techie IT
शुक्रबार, असोज ९,२०७७

सांग्रिला डेभलपमेन्ट बैंकबाट बिनाचेक एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने


काठमाडौं, साउन २१
सांग्रिला डेभलपमेन्ट बैंकबाट चेकबिना नै एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने भएको छ । बैंकले आफ्ना ग्राहकको सेवा र सुविधालाई ध्यानमा राख्दै क्यूआर कोड स्क्यान गरी उक्त मात्रामा नगद निकाल्न मिल्ने योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार ग्राहकहरूले आफूले चाहेको रकम आफ्नो आवश्यकताअनुुुसार क्यूआर कोड स्क्यान गरी रकम निकाल्न सक्नेछन् । यो सेवा अहिले बालुवाटार शाखा कार्यालयबाट लिन सकिने बैंकले जानकारी दिएको छ । चेक र एटीएमको विकल्पको रूपमा आएको यो सुविधा उपयोगी हुने विश्वास बैंकले लिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्