Techie IT
सोमबार, वैशाख ६,२०७८

हिमालयन बैंकको खुुद मुनाफा दुई अर्ब ५४ करोड


काठमाडौं, भदौ १४
हिमालयन बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा दुई अर्ब ५४ करोड २५ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले दुुई अर्ब ७६ करोड ३८ लाख ८४ हजार चार सय ७५ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

चुक्ता पुँजी नौ अर्ब ३७ करोड २८ लाख रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक खर्ब २५ अर्ब २६ करोड ४३ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ६५ करोड ३३ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ७५ करोड ६६ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा तीन दशमलव ७७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा एक अर्ब ३० करोड ९२ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

बैंकले अघिल्लो आवको सोही अवधिमा एक खर्ब नौ अर्ब ३८ करोड ७० लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ६९ करोड ७३ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब तीन करोड १३ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४७ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्