Techie IT
१२ साउन २०७८, मंगलबार

सनराइज बैंकले कमायो एक अर्ब ३९ करोड


काठमाडौं, भदौ १४
सनराइज बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ३९ करोड २८ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ७० करोड ६१ लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ९६ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ९० अर्ब २३ करोड ३२ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब चार करोड तीन लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ८७ करोड ८० लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव ३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा ५२ करोड ९१ लाख २१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ७४ अर्ब ४३ करोड २१ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ८६ करोड ५८ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४४ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्