Techie IT
सोमबार, असोज १२,२०७७

एनएमबी बैंक र सामसुुङ मोबाइलको अधिकृत बिक्रेता आईएमएसबीच सम्झौता


काठमाडौं, भदौ १४
एनएमबी बैंक लिमिटेड र आईएमएसबीच सम्झौता भएको छ । बैंकले मोबाइल फोनको खरिदमा ईमआईमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतामा एनएमबी बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेसन नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका छन् ।

यसअन्तर्गत एनएमबीका ग्राहकहरूले सामसुुङ मोबाइलको आधिकारिक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरूको खरिदमा एनएमबी सुलभ किस्ता योजनाअन्तर्गत नौ महिनासम्मको सरल किस्तामा समानहरू खरिद गर्न सक्नेछन् । एनएमबी बैंकले एक सय ८६ शाखाहरू, छवटा विस्तारित काउन्टरहरू र एक सय ३५ एटीएमहरूको मजबुत सञ्जालमार्फत ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्