Techie IT
आईतबार, कात्तिक ९,२०७७

सामुुदायिक लघुुवित्तको ३२ प्रतिशत बोनस सूचीकृत


काठमाडौं, भदौ १४
सामुदायिक लघुुवित्त वित्तीय संस्थाको ३२ प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार नियमित कारोबारको लागि शुुक्रबार उक्त संस्थाको बोनस सेयर सूचीकृत भएको हो । केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको संस्थाको पछिल्लो पटक आठ सय २५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । बजार पुँजीकरण एक अर्ब आठ करोड ९० लाख रुपैयाँ रहेको संस्थाको नेप्सेमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १३ करोड २० लाख रुपैयाँबराबरको १३ लाख २० हजार कित्ता सेयर सूचीकृत रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्