Techie IT
शनिबार, मंसीर १३,२०७७

ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पर्वतको कुश्मामा


काठमाडौं भदौ १२
ग्लोबल आईएमई बैंक लिमिटेडले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औं एक्सटेन्सन काउन्टरको उद्घाटन, कोष तथा लेखा नियन्त्रकको कार्यालय पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुुन् । बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले मालपोत कार्यालयअन्तर्गतका सेवाग्राहीलगायत अन्य ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउन्टर सुरु गरेको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउनेउ द्देश्यले ७१ वटा जिल्लामा फैलिएको दुई सय ५९ शाखा कार्यालय, दुुई सय ३४ एटीएम, ४२ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुुई सय १८ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकहरूमाझ वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्