Techie IT
सोमबार, असोज १२,२०७७

नबिल बैंकले कमायो तीन अर्ब ५६ करोड


काठमाडौं भदौ १२
नबिल बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमासिक अवधिमा तीन अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा चार अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १० अर्ब नौ करोड ७४ लाख ९७ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक खर्ब ९० अर्ब ८० करोड ६४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब २३ करोड १३ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात अर्र्ब दुुई करोड दुुई लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा तीन दशमलव ७३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने तीन अर्ब ७३ करोड ५३ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले एक खर्ब ६२ अर्ब ९५ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ५० करोड दुई लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात अर्ब १५ करोड ९२ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४३ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्