Techie IT
शनिबार, मंसीर १३,२०७७

बैंक अफ काठमाडौँको नाफा एक अर्ब ४७ करोड


काठमाडौं भदौ १२
बैंक अफ काठमाडौँ (बीओके)ले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ४७ करोड ५५ लाख ६९ हजार तीन सय ६१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ८९ करोड ६९ लाख ५६ हजार ३६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ५४ करोड ६८ लाख ८७ हजार चार सय १५ रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ९२ अर्ब १० करोड ३२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ९१ करोड ५२ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ५८ करोड २८ लाख ४४ हजार पाँच सय १८ रुपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ३५ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८८ करोड सात लाख ८५ हजार छ सय ४५ रुपैयाँ छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ८२ अर्ब ७२ करोड २० लाख ३० हजार चार सय ४३ रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ४७ करोड ६८ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ७७ करोड ९८ लाख ९१ हजार नौ सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५४ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्