Techie IT
२० साउन २०७८, बुधबार

फर्ष्ट माइक्रोफाइनान्सले १३ प्रतिशत लाभांश दिने


काठमाडौं भदौ १२
फर्ष्ट माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १३ दशमलव ६८ प्रतिशत अर्थात् १० करोड ९५ लाख ७५ हजार एक सय ३७ रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषणा गरेको कुल लाभांशमध्येमा नौ दशमलव ५० प्रतिशत अर्थात् सात करोड ६० लाख ७० हजार चार सय ५४ रुपैयाँबराबरको बोनस सेयर र चार दशमलव १८ प्रतिशत अर्थात् तीन करोड ३५ लाख चार हजार छ सय ८३ रुपैयाँबराबरको नगद लाभांश रहेको संस्थाले जानकारी दिएको छ ।

संस्थाले २०७७ असार मसान्तसम्मको सञ्चित मुुनाफामध्येबाट कायम रहेको कुुल चुक्ता पुँजी ८० करोड सात लाख ४० हजार सात सय ४६ रुपैयाँमध्येबाट उक्त अनुुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरण सम्वन्धमा सञ्चालक समितिको बुुधबार बसेको एक सय ६८औं बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारण सभापश्चात् कार्यान्वयनमा आउनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्