एभरेष्ट बैंकद्वारा पीसीआर परीक्षणका लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्रीसँग सहकार्य

काठमाडौं, भदौ १२
एभरेष्ट बैंक लिमिटेडले आफ्नो ग्राहकहरूको सुरक्षालाई ध्यानमा राखी आरटी–पीसीआर परीक्षणको लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री (सी.डी.एल), कमलपोखरीसँग सहकार्य गरेको छ ।
हाल कोभिड–१९ को कठिन समयमा ग्राहकहरूको सहजताको लागि एभरेष्ट बैंकले आरटी–पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ । जसअन्तर्गत एभरेष्ट बैंकको डेबिट र क्रेडिट कार्डहोल्डर ग्राहकहरूले सीडीएलबाट आरटी–पीसीआर परीक्षण गर्दा सरकारी दरअनुसार लाग्ने पाँच हजार पाँच सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
नगद करोबारमा पनि कोभिड १९ को जोखिम भएको हुँदा, ग्राहकहरूले ईबीएल मोबाइल बैकिङ एप प्रयोग गरेर पनि कोभिड १९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् । बैंक र सीडीएलबीचको सहकार्य, बैंकका नायब महाप्रबन्धक, डा. सन्धीरकुमार र सीडीएल प्रयोगशालाका कार्यकारी निर्देशक, मनिष पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट/वित्त
तपाईको कमेन्ट लेख्नुहोस्