Techie IT
आईतबार, मंसीर २१,२०७७

नेपाल इन्स्योरेन्सको नायब प्रमुुख कार्यकारीमा पोखरेल


काठमाडौं, भदौ ११
नेपाल इन्स्योरेन्स कम्पनीको नायब प्रमुुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनीका अनुसार मंगलबार बसेको सञ्चालक समिति बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पोखरेललाई नियुक्त गरेको हो । विगतमा नेपाल एसबीआई बैंक, स्टान्डर्ड चार्टर्ड बैंकसमेतमा काम गरेको अनुुभव बटुलेका पोखरेल केही महिनाअघि मात्र युुनाइटेड फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृतको पदबाट बाहिरिएका थिए । कम्पनीको नायब महाप्रबन्धकमा भने निरज बस्नेत नियुक्त भएका छन् । कम्पनीका अनुसार बस्नेत यसअघि प्रिमियर इन्स्योरेन्सको फाइनान्सहेड रहेका थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्