Techie IT
सोमबार, असोज १२,२०७७

रिलायन्सको सेयरमा तीन दशमलव ८५ गुणाले बढी आवेदन


काठमाडौं, भदौ ११
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको साधारण सेयरमा तीन दशमलव ८५ गुणाले बढी आवेदन परेको छ । कम्पनी यही भदौ चार गतेदेखि यही भदौ आठ गतेसम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता सेयर जारी गरेको थियो । उक्त सेयरमा छ लाख नौ हजार लगानीकर्ताहरूबाट नेपालको पुँजीबजारकै इतिहासमा प्रारम्भिक सेयर निष्काशनमा सर्वाधिक आवेदन प्राप्त भई निष्काशन गरेको धितोपत्रको तीन दशमलव ८५ गुणाका लागि आवेदन परेको कम्पनीले जनाएको छ ।

कम्पनीले सेयर बिक्री कार्यमा सहयोग गर्ने बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्टारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लि., सीडीएस एण्ड क्लियरिङ लि., धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लि., सेयर प्रत्याभूतिकर्ता प्रभु क्यापिटल लि., मिडिया हाउसहरू, कम्पनीको सञ्चालक समिति, संस्थापकहरू, कम्पनीका कर्मचारी, रिलायन्स साथी (अभिकर्ता), ग्राहक तथा शुभचिन्तकहरूलाई धन्यवादज्ञापन समेत गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्