Techie IT
सोमबार, असोज १२,२०७७

लक्ष्मी बैंकको नाफा एक अर्ब ४८ करोड


काठमाडौं, भदौ ११
लक्ष्मी बैकले गत आर्थिक वर्र्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ४८ करोड ४७ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५९ करोड ७४ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी नौ अर्ब ८१ करोड २५ लाख ६० हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक खर्ब ८६ करोड ४३ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ४३ करोड ९८ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ४१ करोड २० लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा तीन दशमलव ९४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब १२ करोड ७२ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले ८० अर्ब ३२ करोड ४६ लाख ३३ हजार रुपैयाँ निक्षेप संंकलन गरी ७४ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब १६ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव १९ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्