Techie IT
बिहीबार, असोज १५,२०७७

सीडीएसका प्रमुख कार्यकारी आर्चायद्वारा पदबहाली


काठमाडौं, भदौ ११
सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले पदबहाली गरेका छन् । गत सोमबार मात्र प्रमुख कार्यकारीको पदमा नियुक्ति पाएका आचार्यले मंगलबार सीडीएसकै कार्यालयमा पदभार ग्रहण गरेका हुन् । नवनियुक्त प्रमुख कार्यकारी आचार्यको कार्यकाल आगामी चार वर्र्षको लागि हुुने कम्पनीले जनाएको छ । झण्डै महिनादेखि रिक्त रहेको सीडीएससीको सीईओ पदमा आचार्य खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्