Techie IT
१९ साउन २०७८, मंगलबार

बजार परिसूचक १४ सय ६२ अंकमा

२१ अंकले बढ्दा दुुई अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच


काठमाडौं, भदौ ११
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको चौथो कारोबार दिन बुुधबार बजार परिसूचक २१ दशमलव एक अंकले उकालो लागेर १४ सय ६२ दशमलव तीन अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७७ अंकले उकालो लागेर दुुई सय ९८ दशमलव ७४ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८६ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ३४ हजार छ सय २० वटा कारोबारमा ५८ लाख ८२ हजार एक सय एक कित्ता सेयर खरिदबिक्री हुँदा कुुल कारोबार रकम दुई अर्ब ६५ करोड ६१ लाख ६३ हजार सात सय ३० रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये दुुईवटा समूहको सूचक ओरालो लागेका छन् भने बाँकी समूहको सूचक उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २२ दशमलव ९३ अंकले उकालो लागेर १२ सय २४ दशमलव ५३ अंकमा चढेको छ भने विकास बैंक समूहको सूचक पनि २५ दशमलव चार अंकले उकालो लागेर १७ सय ८० दशमलव ५४ अंकमा चढेको छ ।

जलविद्युुत् समूहको सूचक पनि ११ दशमलव २५ अंकले उकालो लागेर नौ सय ७७ दशमलव १६ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ५१ दशमलव ६२ अंकले उकालो लागेर सात हजार एक सय ८१ दशमलव १० अंकमा चढेको छ । यसैगरी लघुुवित्त समूहको सूचक पनि ४१ दशमलव ८४ अंकले उकालो लागेर दुुई हजार चार सय ९६ दशमलव १२ अंकमा चढेकोमा होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः तीन दशमलव चार, एक दशमलव २७, सात दशमलव ३५, १७ दशमलव ९२ र शून्य दशमलव १६ अंकले उकालो लागेका छन् । ट्रेडिङ समूहको सूचक भने यसदिन एक दशमलव १३ अंकले ओरालो लागेर आठ सय ७३ दशमलव ८४ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि १७ दशमलव ९७ अंकले ओरालो लागेर आठ हजार नौ सय ९० दशमलव ६० अंकमा झरेको छ ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य सात रुपैयाँ ४७ पैसाले बढेर एक सय ८७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य पाँच रुपैयाँ ९५ पैसाले बढेर सात सय १२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक समिट माइक्रोफाइनान्स, प्रभुु बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको समृद्धि फाइनान्सको सेयर मूल्य नौ रुपैयाँ ७९ पैसाले घटेर एक सय २२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको गुुह्ेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य तीन रुपैयाँ ९४ पैसाले घटेर एक सय २२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता सात सय १२ रुपैयाँ अन्तिम मूल्यमा ३४ करोड ९२ लाख ५४ हजार आठ सय २३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको सात सय ५५ रुपैयाँ अन्तिम मूल्यमा १३ करोड ७८ लाख ७७ हजार दुुई सय ४५ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन सप्तकोसी डेभलपमेन्ट बैंक को छ प्रतिशतको अनुपातमा चार लाख ७२ हजार दुुई सय ६७ दशमलव ३६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्