Techie IT
शुक्रबार, असोज ९,२०७७

ग्लोबल आईएमई लघुुवित्तको नाफा सात करोड ७९ लाख


काठमाडौं, भदौ १०
ग्लोबल आईएमई लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा सात करोड ७९ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ८१ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले गत आवको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ३१ करोड ७३ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६२ करोड ४१ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ९६ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड १८ लाख ९५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपत एक दशमलव ९४ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा संस्थाले ८७ करोड ४६ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १८ करोड ८३ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ३१ लाख ५७ हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ४९ लाख २० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ४३ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्