Techie IT
शुक्रबार, असोज ९,२०७७

डिप्रोक्स लघुुवित्तको नाफा २७ करोड ४९ लाख


काठमाडौं, भदौ १०
डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्र्षको चौथौ त्रैमासिक अवधिमा २७ करोड ४९ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ४३ करोड दुुई लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ५४ लाख ३३ हजार रुपैयाँ रहेको संस्थाले गत आवको चौथौ त्रैमासिक अवधिमा चार अर्ब ९३ करोड ५१ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५४ करोड ९५ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा ९५ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १३ करोड २५ लाख ६१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ४७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाले तीन अर्ब ८२ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ९६ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८१ करोड ६१ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १४ करोड दुुई लाख ५२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव ८४ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्