Techie IT
मंगलबार, मंसीर १६,२०७७

नेशनल लाइफको नाफा ३९ करोड १२ लाख


काठमाडौं, भदौ १०
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ३९ करोड १२ लाख २९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी तीन अर्ब आठ करोड २६ लाख २६ हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३३ रुपैयाँ ६१ पैसा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्