Techie IT
शुक्रबार, मंसीर १२,२०७७

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा भुसाल


काठमाडौं, भदौ १०
नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पदमा यमलाल भुुसाल नियुक्त भएका छन् । कम्पनीका अनुसार अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको यही भदौ तीन गते प्राप्त भएको पत्रको आधारमा भुषाललाई अर्को निर्णय नभएसम्मको लागि अध्यक्ष पदमा नियुक्त गरिएको हो । कम्पनीका अनुसार भुुसाल मन्त्रीस्तरीय निर्णयका आधारमा अध्यक्ष नियुक्त भएका हुुन् । अधिकृत पुँजी १५ अर्ब, जारी पुँजी १० अर्ब र चुक्ता पुँजी पनि १० अर्ब रुपैयाँ नै रहेको कम्पनीमा सरकारको ४४ दशमलव ३९ प्रतिशत सेयर स्वामित्व रहेको छ । संस्थापक सेयरधनीका रूपमा निर्जिवन बीमा, जीवन बीमा कम्पनीहरूको ३९ दशमलव ९६ प्रतिशत सेयर स्वामित्व रहेको भने सर्वसाधारण सेयरधनी समूहको १६ प्रतिशत लगानी रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्