बीमा समितिद्वारा उद्योगीहरूको बीमा दरमा छुुट दिन निर्देशन

काठमाडौं, भदौ ९
बीमा समितिले उद्योगीहरुको बीमा दरमा छुट दिन निर्देशन दिएको छ । समितिले सोमबार सञ्चालनमा रहेका २० वटै निर्जीवन बीमा कम्पनीहरूको नाउँमा परिपत्र जारी गर्दै कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण बन्द रहेका उद्योगहरूको बीमा दरमा छुुट दिन निर्देशन दिएको हो ।
समितिबाट जारी गरिएको सम्पत्ति बीमा निर्देशिका २०७५ अनुसार बन्द अवस्थाको कारखाना बीमा दरलाई संंसोधन गर्दे बीमाको दरमा छुट दिन निर्देशन दिएको हो । उक्त निर्देशनअनुसार बन्द अवस्थामा रहेको कम्पनीको बीमा दर तीन प्रतिहजार कायम रहेको छ । समितिले सोमबार परिमार्जन गरेको नयाँ व्यवस्थाअनुुसार बन्द अवस्थाको जोखिम हाल कायम रहेको सम्बन्धित बीमा दरको एक तिहाइ कायम गर्नुुपर्नेछ ।
परिपत्रअनुसार चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएअनुसार कोभिड १९ बाट बन्द भएका उद्योगहरूको हकमा बन्द अवस्थाको जोखिमको लागि एक तिहाइ तथा जोखिम समूहको बीमा दर ५० प्रतिशत समानुुपातिक रूपमा छुुट प्रदान गर्नुुपर्नेछ । उपुर्यक्तबमोजिमको छुुट जम्मा ८३ दिनको लागि कायम गर्नुुपर्ने छ । समितिका अनुसार यातायातका साधनको हकमा भने २०७७ जेठ ३२ गते समितिले जारी गरेको निर्णयअनुसार गर्नुुपर्नेछ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट/वित्त
तपाईको कमेन्ट लेख्नुहोस्