Techie IT
शनिबार, मंसीर २०,२०७७

महिला लघुुवित्तको नाफामा सामान्य वृद्धि


काठमाडौं, भदौ ९
महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा तीन करोड ५१ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड आठ लाख १८ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी छ करोड रुपैयाँ रहेको संस्थाले गत आवको चौथौ त्रैमासिक अवधिमा ६६ करोड पाँच लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७८ करोड १५ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड ८२ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड छ लाख पाँच हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव ७८ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ४८ करोड दुुई लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३४ करोड ७८ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ५७ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ९१ लाख १५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६१ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्