Techie IT
शनिबार, माघ ३,२०७७

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


झापा, भदौ ९
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार बाह्रदर्शी गाउँपालिका ३ बस्ने नरप्रसाद पनेरुलाई आइतबार पक्राउ गरिएको हो । उच्च अदालत पाटनको २०७६ माघ २१ गतेको फैसलाले उक्त मुद्दामा चार दिन कैद र तीन लाख ३९ हजार सात सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले निजकै घरबाट फेला पारी पक्राउ गरेको हो । पनेरुलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्