Techie IT
बुधबार, कात्तिक १२,२०७७

ग्लोबल आईएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई पोल हस्तान्तरण


काठमाडौं, भदौ ८
ग्लोबल आईएमई बैंक लिमिटेडले ट्राफिक प्रहरीलाई पोलहरू हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतनामूलक ट्राफिक संकेत बोर्ड तथा पोलहरू हस्तान्तरण गरेको हो । एक कार्यक्रमका बीच बैंकको गाइघाट शाखाका प्रबन्धक रविनराज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायब निरीक्षक होमप्रसाद खनाललाई उक्त जनचेतनामूलक ट्राफिक संकेत बोर्ड तथा पोलहरू हस्तान्तरण गरेका हुुन् ।

उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक खनालले बैंकले प्रदान गरेको ट्राफिक संकेत बोर्ड तथा पोलहरू जिल्लाभरिका आवश्यक स्थानहरूमा राखिने र उक्त संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु-याउने बताए । बैंकको गाइघाट शाखाका प्रबन्धक दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्