Techie IT
सोमबार, असोज १२,२०७७

एनएमबी बैंकद्वारा कञ्चन विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सञ्चालन


काठमाडौं, भदौ ८
एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी आइतबारदेखि एकीकृत कारोबार सञ्चालन गरेको छ । प्राप्तिपश्चात् बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड रुपैयाँ पुुगेको छ भने जगेडा कोषको आकार सात अर्ब ३५ करोड रुपैयाँ पुुगेको छ । प्राप्तिपश्चात् बैंकको नाम एनएमबी बैंक लिमिटेड नै रहेको छ भने रजिष्ट्रर्ड/मुख्य कार्यालय साबिककै बबरमहल काठमाडौँंमा रहेको छ ।

एकीकृत वित्तीय कारोबारको थालनीसँगै, एनएमबी बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड (चिनारी) समेत बलियोरुपमा स्थापित भएको छ । जसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पु-याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरूसँगको सहकार्यलाई अघि बढाउन मदत गर्नेछ ।
एनएमबी बैंकमा नेदरल्याण्डको एफएमओ, कर्मचारी सञ्चय कोषलगायतका संस्थाहरूको समेत लगानी रहेको छ । एफएमओ निदरलैण्ड्स अन्तर्राष्ट्रिय रुपमा राम्रो छवी भएको स्टान्डर्ड एण्ड पोर तथा फिचजस्ता संस्थाहरूले एएए रेटिङ गरेको निदरलैण्ड सरकार समेतको लगानी रहेको अन्तर्राष्ट्रिय विकास बैंक हो ।

एफएमओसँगको गठबन्धनले बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू प्रबन्ध गर्न र नवीकरणीय ऊर्जा, साना तथा मझौला कर्जाहरू र कृषि व्यवसायमा प्रमुख सम्बाहकको रूपमा प्रस्तुत गर्न सघाउ पु-याएको छ । एनएमबी बैंक बैंक अफ द इयर–२०१७ र बैंक अफ द इयर–२०१८ द्वारा लगातार पुरस्कृत गरिएको बैंक हो । कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्तिपश्चात् बैंकले एक सय ८६ शाखाहरू, छवटा विस्तारित काउन्टरहरू र एक सय ३५ एटीएमहरूको मजबुत सञ्जालमार्फत ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्