Techie IT
मंगलबार, माघ ६,२०७७

सिभिल बैंकको बचत तथा मुद्दती दुवैमा सर्वाधिक ब्याज


काठमाडौं, भदौ ८
सिभिल बैंक लिमिटेडले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना प्रिमियम बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले बचत खातामा वार्षिक छ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकका अनुसार यो बचत खाताको न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ भने यस बचत खाता खोल्दा बैंकले ग्राहकहरूका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ सेवा पनि प्राप्त गर्न सक्नेछन् । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि आठ दशमलव ७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आइरहेको छ ।

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरूद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मिहिनेतको कमाइलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरू लाभान्वित हुने बैकले जानकारी दिएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरू प्रदान गर्दै जाने बताएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्