Techie IT
आईतबार, असोज ४,२०७७

कर्णाली डेभलपमेन्ट बैंकले कमायो ९ लाख


काठमाडौं, भदौ ८
कर्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा नौ लाख नौ हजार छ सय ६४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक करोड २१ लाख ९७ हजार दुुई सय ६१ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा तीन अर्ब ९८ करोड ७४ लाख ४१ हजार आठ सय ६० रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ५२ करोड १० लाख ३३ हजार दुुई सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ८० लाख ८४ हजार दुुई सय २६ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर शून्य दशमलव ८६ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा एक करोड ७२ लाख ६७ हजार तीन सय ५० रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले तीन अर्ब ६५ करोड २२ लाख ६६ हजार तीन सय ४९ रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ५४ करोड ४० लाख सात हजार ९४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ३१ लाख ७० हजार नौ सय ५८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव ४३ प्रतिशत रहेको थियो ।  (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्