Techie IT
१७ माघ २०७९, मंगलबार

प्रभु बैंकद्वारा सिन्धुपाल्चोकका विद्यार्थीहरूलाई बैंकिङ सचेतना


काठमाडौं ।
प्रभु बैंकले सिन्धुपाल्चोकका विद्यार्थीलाई वित्तीय सचेतना प्रदान गरेको छ । बैंकका अनुसार सोमबार उक्त जिल्लाको तेर्से माध्यामिक, महेन्द्र माध्यामिक, पाल्चोक माध्यामिक र भुमेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई वित्तीय सचेतना दिइएको हो ।

कार्यक्रममा विद्यालयका कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थीहरूले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन गरेका थिए । ती कार्यालयमा हुने क्रियाकलापको अवलोकन तथा अध्ययनका लागि आएकालाई विभिन्न समूहमा विभाजन गरेर बैंकबारे जानकारी दिइएको थियो । उक्त अवसरमा विद्यार्थीहरूले प्रमुख कार्यकारी अधिकृतसमक्ष बैंकिङ तथा वित्तीय जिज्ञासाहरूराखेको बैंकले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्