Techie IT
१८ माघ २०७९, बुधबार

उकालो लाग्यो सेयर बजार


काठमाडौं  ।
सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन उच्चा अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार १४ दसमलव ५७ अंकले उकालो लागेर २५ सय २८ दसमलव ९५ अंकमा उक्लिएको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव शुन्य नौ अंकले उकालो लागेर चार सय ४८ दसमलव ८९ अंकमा उक्लिएको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय आठ कम्पनीह्रुको सेयर किनबेच भएको छ । जसबाट ६१ हजार चार सय २२ पटकको कारोवारमा एक करोड दुई लाख ७६ हजार सात सय १० कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुल कारोवार रकम पाँच अर्ब १४ करोड १८ लाख ९७ हजार एक सय ६९ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज कारोवार भएका १३ वटा उपसमुह मध्ये सात वटा उपसमुहको सुचक उकालो लागेको छ भने छ वटाको ओरालो लागेको छ । जसमध्ये बाँणिज्य बैंक उपसमुहको सुचक छ दसमलव ६८ अंकले ओरालो लागेर १७ सय ६० दसमलव ६१ अंकमा झरेकोमा बिकास बैंक उपसमुहको सुचक पनि छ दसमलव पाँच अंकले ओेरालो लागेर २५ सय ५१ दसमलव ८८ अंकमा ओर्लिएको छ ।

यसैगरी जीवन बीमा उपसमुहको सुचक पनि ९८ दसमलव ७८ अंकले ओरालो लागेर १७ हजार ६८ दसमलव पाँच अंकमा ओर्र्लिएको छ भने फाईनान्स, उत्पादनमुलक र अन्य उपसमुहहरुको सुचक पनि क्रमश चार दसमलव ७४, ४२ दसमलव ३३ र ११ दसमलव ४१ अंकले ओरालो लागेकाछन ।

जलबिद्युत उपसमुहको सुचक भने यसदिन एक सय २९ दसमलव ८४ अंकले उकालो लागेर २३ सय ५४ दसमलव २० अंकमा चढेकोमा निर्जिवन बीमा उपसमुहको सुचक पनि एक सय ७४ दसमलव चार अंकले उकालो लागेर १२ हजार सात सय ८१ दसमलव ४६ अंकमा चढेको छ । यि बाहेक ट्रेडिङ, होटल र पर्यटन, लघुबित्त, सामुहिक लगानी कोष र लगानी कोष समुहको सुचक पनि क्रमश तीन सय ४६ दसमलव ४६, एक सय ५५ दसमलव पाँच, ६९, शुन्य दसमलव शुन्य दुई र एक दसमलव तीन अंकले उकालो लागेकाछन ।

यसदिन कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडको सेयर मुल्य १० प्रतिसतले बढेर ११ हजार पाँच सय ५० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मुल्य पनि नौ दसमलव ९८ प्रतिसतले बढेर १७ सय १९ रुपैयाँमा किनबेच भएको छ । यि बाहेक रिडी हाईड्रो पावर कम्पनी, कालिका पावर लिमिटेड आदिको सेयर मुल्य पनि बढेकाछन ।

गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको पञ्चकन्यामाई हाईड्रो पावर कम्पनीको सेयर मुल्य भने चार दसमलव १५ प्रतिसतले घटेर एक सय ८५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको साँग्रिला डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य पनि तीन दसमलव ६१ प्रतिसतले घटेर एक सय ६० रुपैयाँमा किनबेच भएको छ । यि बाहेक हिमालयन पावर पार्टनर कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदिको सेयर मुल्य पनि घटेकाछन ।


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्