Techie IT
१७ माघ २०७९, मंगलबार

नेपाल बैंकको २०५औं शाखा दैलेखको नारायण नगरपालिकामा


काठमाडौं ।
नेपाल बैंक लिमिटेडले आफ्नो २०५औं शाखा दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना गरेको छ । यही चैत चार गते बुधबार बैंक सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले संयुक्तरूपमा ताम्रपत्र अनावरण गरी शाखा समुद्घाटन गरेका हुन् ।

उक्त समाहरोह बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरपालिका प्रमुख रत्नबहादुर खड्का र दैलेख जिल्ला उध्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विक विशिष्ट अतिथि रहेको उद्घाटन समाहरोहमा जनप्रतिनिधि, व्यापारी, ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक तथा जेष्ठ नागरिकको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मधुकुमार मरासिनीले दैलेख जिल्लामा प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिनेगरी नेपाल बैंक लिमिटेड आएकोले यसले दैलेखवासीलाई समृद्ध बनाउन भूमिका खेल्ने धाराण राखे । नगरप्रमुख रत्नबहादुर खड्काले बिगतमा दैलेख जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई दैलेखबासीले स्मरण गरिरहेकोले सञ्चालनमा आएको दैलेख शाखाबाट दिगो बैंकिङको अपेक्ष रहेको धारण राखे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बक्ताहरूबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको विशिष्ट प्रकृतिका प्रडक्टहरू रहेका र सोलाई प्रयोग गरी बैंकसँग साझेदारी गर्न ग्राहकवर्गलाई अनुरोध गरेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्