Techie IT
१७ माघ २०७९, मंगलबार

नेपाल फाइनान्सको नयाँ शाखा नवलपरासीमा


काठमाडौं ।
नेपाल फाइनान्स लिमिटेडले नवलपरासीमा पनि शाखा विस्तार गरेको छ । फाइनान्सले बिहीबार आफ्नो पाँचौँ शाखा नबलपरासी जिल्लाको गैडाकोट नपाको वडा नं. ४ गैडाकोट बजारमा शुभारम्भ गरेको हो । कार्यक्रमको शुभारम्भ संस्थाका सञ्चालक समिति अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले गरेका हुन् । कार्यक्रममा संस्थाका सञ्चालकहरू चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, प्रमुख कार्यकारी अधिकृत उद्ववराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद गौतम, स्थानीय बुद्धिजीवी तथा प्रतिष्ठित व्यवसायीहरू महेन्द्रध्वज जिसी, श्री अमृत भट्टचन, गोपाल सापकोटा चित्रध्वज जिसीलगायतको उपस्थिति रहेको थियो ।

निजी क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रूपमा २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौँ महानगरपालिका २८ कमलादीमा केन्द्रीय कार्यालयसहित ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोको बनेपा र रूपन्देहीको मुर्गिया शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ । त्यसैगरी फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरिसकेको छ ।

ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्ता पुँजी करिब ५५ करोड पुग्नेछ । त्यसैगरी संस्थाले कास्कीको माच्छापुच्छ्रे गाउँपालिका, जनकपुरको धनुषाधाम, हेटौडामा शाखा कार्यालय र काठमाडौंको कान्तिपथ र कालिमाटीमा विस्तारित काउन्टर पनि यसै आवमा सञ्चालनमा ल्याउने गरी तयारी गरिसकेको छ । यससँगै संस्थाले १० स्थानबाट आफ्नो सेवा प्रवाह गर्नेछ साथै सम्पूर्ण डिजिटल बैंकिङ सेवा समेत छिट्टै सञ्चालनमा ल्याउने गरी तयारी गरिसकेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्