Techie IT
१७ माघ २०७९, मंगलबार

अजोड इन्स्योरेन्सद्वारा आईएमई मोटर्स तथा आईएमई अटोमोटिभ्सबीच सम्झौता


काठमाडौं ।
अजोड इन्स्योरेन्स लिमिटेड र आईएमई मोटर्स प्रालि तथा आईएमई अटोमोटिभ्स प्रालिबीच नगदरहित बीमादाबीसहितको बीमा कारोबार गर्न द्विपक्षीय सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच आईएमई मोटर्स तथा आईएमई अटोमोटिभ्ससँग वारीसाधनहरूको दुर्घटना बापत बीमादाबी प्रक्रियामा नगदरहित बीमादाबीलाई सरल र प्रभावकारी बनाउने सम्झौता भएको हो । सम्झौतामा अजोड इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र आईएमई मोटर्स तथा र आईएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्