Techie IT
शनिबार, असोज १०,२०७७

मल्टीपर्पस फाइनान्सको नाफा एक करोड ३९ लाख


काठमाडौं, भदौ ७
मल्टीपर्पस फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक करोड ३९ लाख छ हजार नौ सय ५७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ८१ लाख ७७ हजार चार सय ५७ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २२ करोड ४० लाख ५७ हजार दुई सय ९० रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा २३ करोड ६२ लाख ८३ हजार सात सय ७८ रुपैयाँ निक्षेप संकलन गरी ३१ करोड ८५ लाख ८५ हजार आठ सय सात रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई करोड ५० लाख ९६ हजार तीन सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ८३ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने संस्थाले २१ करोड ३१ लाख ९८ हजार चार सय ५९ रूपैैयाँ निक्षेप संकलन गरी २२ करोड तीन लाख ५९ हजार आठ सय ८१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड २३ लाख ७१ हजार तीन सय ५६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ११ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्