Techie IT
मंगलबार, कात्तिक ४,२०७७

गोर्खाज फाइनान्सको नाफा दुुई करोड ५३ लाख


काठमाडौं, भदौ ७
गोर्खाज फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा दुई करोड ५३ लाख १७ हजार ९० रूपैैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा २२ लाख ८५ हजार एक सय ३९ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले गत आवको सोही अवधिमा सात अर्ब ३१ करोड ७९ लाख ७१ हजार नौ सय १९ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३४ करोड ४९ लाख ३६ हजार एक सय ८१ रुपैयाँ रहेको छ । सो अवधिमा ३२ करोड ८१ लाख ५५ हजार नौ सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा छ दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर छ दशमलव दुई प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ८३ करोड ९३ लाख दुुई हजार आठ सय चार रुपैयाँ निक्षेप संंकलन गरी चार अर्ब ९५ करोड ९९ लाख १२ हजार दुुई सय ९७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २४ करोड ७१ लाख ९९ हजार तीन सय २३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा निष्क्रिय कर्जाको अनुपात पाँच दशमलव ६७ प्रतिशत रहेको थियो भने स्प्रेड दर चार दशमलव ९२ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार