Techie IT
शनिबार, मंसीर १३,२०७७

जनउत्थान लघुुवित्तको नाफा दुुई करोड २३ लाख


काठमाडौं, भदौ ७
जनउत्थान लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा दुई अर्ब २३ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुुई अर्ब ४६ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी सात करोड ९२ लाख रुपैयाँ रहेको संंस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ५३ करोड ८१ लाख दुुई हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५० करोड ८२ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड १३ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड चार लाख ४४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात तीन दशमलव ३८ प्रतिशत छ ।

अघिल्लो आवको सोही अवधिमा संस्थाले ४० करोड ८८ लाख १० हजार रुपैयाँ निक्षेप संकलन एक अर्ब ३७ करोड ६१ लाख नौ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ८६ लाख १६ हजरा रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव २८ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्