Techie IT
सोमबार, असोज १२,२०७७

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा वार्षिक सभाको आह्वान


काठमाडौं, भदौ ७
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही भदौ २६ गते आफ्नो १८औं वार्षिक साधारणसभाको आह्वान गरेको हो । कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत बढी अनुपातमा कायम रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीमा संस्थाप सेयरधनी समूहको ८० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको २० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

कम्पनीले आगामी साधारणसभामार्फत उक्त सेयर स्वामित्वमा परिवर्तन गरी संस्थापक सेयरधनी समूहको अनुुपात ६० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको अनुपात ४० प्रतिशत पु-याउने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १४ करोड १५ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १४ करोड छ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब दुुई करोड नौ लाख ६९ हजार रुपैयाँ रहेको कम्पनीको गत आवको चौथो त्रैमासिक अवधिमा प्रति सेयर आम्दानी १३ रुपैयाँ ८७ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ८२ रुपैयाँ २० पैसा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्