Techie IT
बुधबार, असोज ७,२०७७

श्रृजनशील लघुुवित्तको नाफा ८२ लाख ८४ हजार


काठमाडौं, भदौ ७
श्रृजनशील लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ८२ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ४९ हजार रुपैयाँ मात्र रहेको थियो । हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ५९ करोड ९८ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २८ करोड १४ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा नौ करोड ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ३६ लाख ३९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात दुई दशमलव १४ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा संस्थाले ४९ करोड १८ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १७ करोड ७५ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ४५ लाख ९२ हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४७ लाख ८२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुुपात एक दशमलव ५० प्रतिशत रहे थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्