Techie IT
१२ साउन २०७८, मंगलबार

विवेक अटोमोबाइल्सद्वारा ‘वेलफेर राइड’ कार्यक्रमको आयोजना


काठमाडौं ।
नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले शुक्रबार ‘वेलफेर राइड’ कार्यक्रम आयोजना गरेकोे छ । बालाजुस्थित रोयल इन्फिल्ड शोरुमदेखि सुरु भएको राइड मानव सेवा आश्रम, नारायणथानमा पुगी सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमको रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले शुभारम्भ गरेका थिए । यस राइडमा ३५ वटा रोयल इन्फिल्डमा सवार ४२ जना राइडरहरुले सहभागिता जनाएका थिए । १५ किलोमिटर लामो मोटरसाइकल -यालीका लागि रोड क्याप्टेन काठमाडौँ लेजेन्ड्स थिए । मानव सेवा आश्रम पुगेर एमभी दुगड ग्रुप टिम र राइडरहरुले सहयोग समेत गरेका थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्