Techie IT
आईतबार, कात्तिक ९,२०७७

माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएसनबीच सम्झौता


काठमाडौं, भदौ ४
माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएसनबीच सम्झौता भएको छ । बैंकले एसोसिएसनसँग प्रत्यक्ष र अप्रत्यक्षरूपमा आबद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं एसोसिएसनको तर्फबाट महासचिव लिलामणि पौडेलले हस्ताक्षर गरेका हुन् । नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनको रूपमा रहेको नेपाल बार एसोसिएसनमा करिब २० हजार सदस्यहरू आबद्ध रहेका छन् ।

सम्झौतापश्चात् एसोसिएसनका सदस्यहरूले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरूमार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सेवाहरूमा विशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् । यसअघि पनि बैंकले नेपाल चिकित्सक सघं, नेपाट चार्टर्ड एकाउन्टेन्ट्स संघ, नेपाल अडिटर्स एसोसिएसनलगायतका संस्थासँग प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आबद्ध व्यक्ति तथा संस्थाहरूलाई विशेष प्राथमिकताका साथ सेवा पु¥याउने उद्देश्यले सम्झौता गरेको जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्