Techie IT
शुक्रबार, वैशाख ३,२०७८

नेपाल धितोपत्र बोर्डद्वारा समृद्धि फाइनान्सको हकप्रद स्वीकृत


काठमाडौं, भदौ ४
नेपाल धितोपत्र बोर्डले समृद्धि फाइनान्सको हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बोर्डका अनुसार उक्त फाइनान्सलाई संस्थाको हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एकबराबर दुुईको अनुपातमा एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी ३६ करोड ३९ लाख ६० हजार छ सय रुपैयाँबराबरको ३६ लाख ३९ हजार छ सय छ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुुमति दिइएको हो । फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्