Techie IT
बिहीबार, फागुन १३,२०७७

नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा लाहानमा


काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकले लाहानमा शाखा विस्तार गरेको छ । बैंकले लाहान नगरपालिका वडा नम्बर ८ सिराहमा आफ्नो ८७औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको जानकारी दिएको छ । नवस्थापित शाखाको उद्घाटन लाहान नगरपालिकाका मेयर मुनि साह र प्रदेश नम्पर २ का प्रबन्धक सुशिल श्रेष्ठले गरेका हुन् ।

लाहान शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पु-याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्नेछ । बैंकले ८७ शाखा, एक सय २८ वटा एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु-याइरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्