Techie IT
आईतबार, फागुन १६,२०७७

मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहयाता सेवा


काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले आस्क मुुक्ति भाइ भर्चुअल सहयाता सेवा सुरु गरेको छ । बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरूको सुविधाको लागि ‘आस्क मुुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहयाता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको हो । यो भर्चुअल सहयाता सेवामार्फत ग्राहकहरूले छिटो, छरितो र सहजरूपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरूको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।

यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ धन्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याट वट सेवा डिजिटल बैंकिङका अत्याधुनिक पद्धतिबाट सञ्चालनमा ल्याएको छ  । यस सेवाको लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्तिनाथ भाइ वा बैंकको मासकट ‘मुक्तिभाइ’किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्