Techie IT
बुधबार, असोज १४,२०७७

१६ दशमलव छ अंकले ओरालो लाग्यो सेयर बजार


काठमाडौं, भदौ ४
सेयर बजार परिसूचक पुुनः ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक १६ दशमलव छ अंकले ओरालो लागेर १३ सय ९१ दशमलव २९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि दुुई दशमलव ७१ अंकले ओरालो लागेर दुुई सय ८७ दमसलव सात अंकमा झरेको छ । यसदिन कुल एक सय ८५ कम्पनीहरूको कारोबार भएको छ । जसअनुुसार १६ हजार आठ सय ७५ वटा कारोबारमा २४ लाख ७४ हजार तीन सय २९ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम ९७ करोड ६२ लाख ३५ हजार ५९ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव १२ अंकले ओरालो लागेर ११ सय ७३ दशमलव ३८ अंकमा झरेको छ भने विकास बैंक समूहको सूचक पनि १८ दशमलव ३१ अंकले ओरालो लागेर १७ सय २३ दशमलव ४२ अंकमा झरेको छ । जलविद्युुत् समूहको सूचक पनि छ दशमलव २१ अंकले ओरालो लागेर नौ सय ४३ दशमलव ६० अंकमा झरेको छ भने लघुुवित्त समूहको सूचक पनि २९ दशमलव नौ अंकले ओरालो लागेर २३ सय ४३ दशमलव ५५ अंकमा पुुगेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय १३ दशमलव ४४ अंकले ओरालो लागेर छ हजार सात सय दुई दशमलव ९० अंकमा झरेको छ भने जीवन बीमा समूहको सूचक पनि एक सय ३६ दशमलव ५९ अंकले ओरालो लागेर आठ हजार चार सय चार सय ६३ दशमलव ४० अंकमा पुुगेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १२ दशमलव २८, तीन दशमलव ९८, तीन दशमलव तीन, ४० दशमलव आठ, तीन दशमलव ८८ र शून्य दशमलव शून्य एक अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको समृद्धि फाइनान्सको सेयर मूल्य १० रुपैयाँले बढेर एक सय २१ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच रुपैयाँ १३ पैसाले बढेर ८२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक छ्याङ्दी हाइड्रोपावर कम्पनी, कामना सेवा विकास बैंक आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य तीन रुपैयाँ ८० पैसाले घटेर चार सय ५६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको मितेरी डेभलपमेन्ट बैैकको सेयर मूल्य तीन रुपैयाँ २६ पैसाले घटेर तीन सय २६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक लक्ष्मी लघुुवित्त वित्तीय संस्था, सिन्धुु विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको २८ सय ७८ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड नौ लाख २१ हजार ८८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको पाँच सय ७९ रुपैयाँमा छ करोड ८१ लाख ८० हजार तीन सय ५९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल बैंक, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्