Techie IT
मंगलबार, असोज १३,२०७७

ग्लोबल आईएमई बैंकद्वारा कल सेन्टरको सुरुवात


काठमाडौं, भदौ ३
ग्लोबल आईएमई बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवनशैलीसँगै ग्राहकहरूको बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एकद्वार प्रणालीअनुरूप ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको छ । बैंकका अनुसार ग्लोबल कनेक्टले अहिलेको डिजिटल युगको आवश्यकताअनुसार बैंकका ग्राहकहरूको मागलाई सम्बोधन गर्नेेछ ।

ग्लोबल कनेक्टमार्फत ग्राहकहरूले सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना विभिन्न जिज्ञासाहरूको समाधान, गुनासो, सूचना, तथा सुझावका लागि सम्पर्क गर्न सक्नेछन् । बैंकका अनुसार ग्राहकहरूले +९७७–१–५९७०६०० मा फोन गरी ग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सक्नेछन् । ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवाग्राहीहरूलाई थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जालसहित दुुई सय ३४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुुई सय १८ शाखारहित बैंकिङ सेवा र तीनवटा अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्