Techie IT
मंगलबार, मंसीर १६,२०७७

प्रभुु क्यापिटलद्वारा निःशुल्क डिम्याटको अवधि थप


काठमाडौं, भदौ ३
प्रभुु क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्ने अवधि थप गरेको छ । कम्पनीले ‘प्रभु क्यापिटलसँग जोडौँ नाता, पाऊँ तीन वर्षसम्म निःशुल्क डिम्याट खाता’ भन्ने नाराका साथ खाता खोल्ने अवधि थप गरेको हो । सोअनुरूप क्यापिटलले साउन महिनाभरि डिम्याट खाता खोल्ने ग्राहकहरूको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो सेयर योजना सञ्चालन गरेकोमा ग्राहकहरूको मागलाई मध्यनजर गर्दै उक्त निःशुल्क योजना भदौ मसान्तसम्म थप गरेको हो ।

नेपाल सरकार र नेपाल धितोपत्र बोर्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भएअनुसार यस क्यापिटलले आफ्नो आधिकारिक वेबसाइटमा गई अनलाइन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ । क्यापिटलको केन्द्रीय कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपालभरि रहेका दुुई सय १० वटै शाखाबाट छिटो, छरितो रूपमा तथा डिम्याट र मेरो सेयरको खाता खोल्न सकिने सुविधा सञ्चालन गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्