Techie IT
शनिबार, असोज १०,२०७७

लिर्वर्टी इनर्जीको साधारण सेयर आजबाट


काठमाडौं, भदौ ३
लिवर्टी इनर्जी कम्पनी लिमिटेडले यही भदौ तीन गते अर्थात् आज बुुधबारबाट साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार नौ ३० कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुने ३७ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्य रहेको ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाहरूको लागि निष्काशन गरी बाँडफाँट नभएको १३ लाख १५ हजार नौ सय ३० कित्ता समेत गरी कुुल ३५ लाख ६४ हजार नौ सय ३० कित्ता साधारण सेयर जारी गरेको हो ।

सर्वसाधारणहरूले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा भदौ सात गते र ढिलोमा भदौ १७ गते बन्द हुुनेछ । कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी एक अर्ब ५० करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् कम्पनीने चुक्ता पुँजी पनि एक अर्ब ५० करोड रुपैयाँ नै पुुग्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्