Techie IT
मंगलबार, असोज १३,२०७७

सिटी एक्सप्रेस र बु्रनाइको सियामली रेमिट्यान्सबीच सम्झौता


काठमाडौं, भदौ ३
सिटी एक्सप्रेस मनी ट्रान्सफर र बुु्रनाइको ख्यातिप्राप्त सियामली रेमिट्यान्सबीच सम्झौता भएको छ । सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सियामली रेमिट्यान्सका निर्देशक सेरुजी वीनले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् बुु्रनाइमा रहेका नेपालीहरूले सियामली रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । यो सेवाबाट नेपालमा सिटी एक्सप्रेससँग आबद्ध आठ हजार पाँच सयभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्