Techie IT
शनिबार, मंसीर २०,२०७७

सेयर बजारमा सुधार जारी

पाँच अंकले बजार उकालो लाग्दा एक अर्ब २३ करोडको सेयर कारोबार


काठमाडौं, भदौ ३
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि बजार परिसूचक पाँच दशमलव ६८ अंकले उकालो लागेर १४ सय सात दशमलव ८९ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने यसदिन शून्य दशमलव २३ अंकले ओरालो लागेर दुई सय ८९ दशमलव ७७ अंकमा झरेको छ । यसदिन कुुल एक सय ८९ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार १६ हजार आठ सय वटा कारोबारमा ४१ लाख १४ हजार पाँच सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब २३ करोड ९० लाख १७ हजार चार सय २६ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस दिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंकसहितका पाँचवटा समूहको सूचक ओरालो लागेका छन् भने निर्जीवन बीमा, जीवन बीमासहितका सातवटा समूहको उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ४७ अंकले ओरालो लागेर ११ सय ८८ दशमलव ४९ अंकमा झरेको छ भने विकास बैंक समूहको सूचक एक दशमलव ५३ अंकले ओरालो लागेर १७ सय ४१ दशमलव ७३ अंकमा झरेको छ ।

यसैगरी होटल, फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक दशमलव ५३, शून्य दशमलव ५४ र शून्य दशमलव शून्य तीन अंकले ओरालो लागेका छन् । निर्जीवन बीमा समूहको सूचक भने ५० दशमलव ८६ अंकले उकालो लागेर छ हजार आठ सय १६ दशमलव ३४ अंकमा चढेको छ भने जीवन बीमा समूहको सूचक ५४ दशमलव छ अंकले उकालो लागेर आठ हजार पाँच सय ९९ दशमलव ९९ अंकमा चढेको छ ।

यसैगरी जलविद्युुत् समूहको सूचक पनि एक दशमलव ६६ अंकले उकालो लागेर नौ सय ४९ दशमलव ८१ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि १७ दशमलव ४२ अंकले उकालो लागेर २३ सय ७३ दशमलव ४४ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः १० दशमलव ५६, ४४ दशमलव चार र १३ दशमलव ४७ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको सेयर मूल्य नौ रुपैयाँ ९८ पैसाले बढेर २९ सय १० रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको स्वदेशी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि नौ रुपैयाँ ९१ पैसाले बढेर आठ सय ४३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक एनएलजी इन्स्योरेन्स कम्पनी, प्रभुु बैंकको संस्थापक सेयर आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य छ रुपैयाँ ६७ पैसाले घटेर ५६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य तीन रुपैयाँ ७७ पैसाले घटेर ५१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक लक्ष्मी बैंक, बेष्ट फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नागरिक लगानी कोषको सबैभन्दा बढी रकम कारोबार भएको छ । कोषको प्रतिकित्ता २९ सय १० रुपैयाँ अन्तिम मूल्यमा १६ करोड ६० लाख ८५ हजार नौ सय ५९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता १३ सय ६० रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ४२ लाख ३२ हजार पाँच सय २४ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेको इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्